• १२ मंसिर २०८१, बुधबार

प्रिन्स र जेशिकालाई मुख्यमन्त्री ब्याडमिन्टन उपाधि

blog

उपाधिसहित प्रिन्स दाहाल र जेशिका गुरुङ । तस्बिर : राखेप

काठमाडौं, माघ २८ गते । प्रथम मुख्यमन्त्री राष्ट्रिय याङकिङ खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङले जित्नुभएको छ ।

इटहरीमा शनिबार भएको प्रतियोगिताको फाइनमा पुरुष एकलतर्फ प्रिन्स र महिला एकलमा नेशिका च्याम्पियन बन्नुभएको हो । फाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ ले हराउनुभयो ।

जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले स्तब्ध बनाउनुभयो । उपाधिसँगै दुवैले जनही ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उपविजेता प्रफुल र अमिताले २५÷२५ हजार रुपियाँ प्राप्त गर्नुभयो ।