• ४ जेठ २०८१, शुक्रबार

वालिङमा मुख्यमन्त्री कप भलिबल

blog

अर्जुन काफ्ले

स्याङ्जा, माघ २८ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ महिला तथा पुरुष भलिबल प्रतियोगिता स्याङ्जाको वालिङमा हुने भएको छ ।

प्रदेश स्थापना दिवस पारेर पोखरा रङ्गशालामा गर्ने गरी तयारी गरिएकोमा विविध कारणले बिहीबारको निर्णय अनुसार वालिङ सारिएको गण्डकी खेलकुद परिषद्का कार्यालय प्रमुख टोपलाल भुसालले बताउनुभयो ।

फागुन १ देखि ३ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ११ जिल्ला र महिलातर्फ मनाङ बाहेकका १० जिल्लाको सहभागिता रहनेछ । दोस्रोले एक लाख र तेस्रोले ५० हजार रुपियाँ कप, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

खेलमा सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा विधागत स्पाइकर, सेटर, सरभर, ब्लकर, डिफेण्डरले १०/१० हजार रुपियाँ पाउने भुसालले बताउनुभयो ।