विष्णु देवकोटा
डोल्पा, माघ २८ गते । त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा दोस्रो जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । त्रिपुरासुन्दरी नगर कार्यपालिकाको बैठकले जिल्लास्तरीय दोस्रो मेयर कप भलिबल प्रतियोगिताको आयोजना गरिन लागेको नगरपालिका शिक्षा शाखाका टिकादत्त न्यौपानेले जानकारी दिनुभयो ।
फागुन २ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागिता जाउने खेलाडी सबै जिल्लावासी हुनु पर्ने समूह दर्ता गर्दा जिल्लावासी परिचय पत्र खुल्ने कागजपत्र पेस गर्नु पर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीलाई एक लाख १५ हजार, उपविजेतालाई ६१ हजार, तेस्रो हुनेलाई ४१ हजार र चौथो हुने टोलीलाई २१ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडीलाई सात हजार रुपियाँ र अनुशासित खेलाडीलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका खेलहरू त्रिपुराकोटवगरस्थित खेलकुद मैदानमा हुनेछ ।