• १२ मंसिर २०८१, बुधबार

सरसफाइ गर्न उत्प्रेरित गर्दै प्रहरी

blog

पविता पौडेल 

सैनामैना माघ २८  गते । बुटवलको उपमहानगरपालिका क्षेत्रभित्र हेरी नसक्नु गरी फोहोरका थुप्रोहरू देखिन्थे । फोहोर गर्नुहुन्न भन्ने ज्ञानको कुरै छाडौँ सरसफाइ गर्न समेत कसैको ध्यान देखिएन । निकै उच्च तह देखि सम्पन्न परिवारहरू यसै वरिपरि बस्ने गर्छन् भने महानगरका कर्मचारीहरूमा समेत सफाइमा ध्यान जाने गरेको छैन । 

फोहोरको थुप्रो देखेपछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा कार्यरत प्रशिक्षक तथा प्रशिक्षार्थीहरू गरी तीन सय बढी प्रहरी कर्मचारीहरूले यस क्षेत्रको सफाइ गरिदिएका छन् । सफा हुनु र सफाइ गर्ने बानी बसाल्नुले आफ्नो वास्तविक जीवनलाई दर्साउने भन्दै प्रहरीहरूले सफाइका लागि उत्प्रेरणा जगाउन सरसफाइ गरेको प्रहरी  तालिम केन्द्रका इन्चार्ज विनोद घिमिरेले बताउनु भयो । हामीले यहाँ मात्र नभएर फोहोर बढी देखिएका क्षेत्रमा पुगेर सफाइको सन्देश दिने गरेको उहाँले बताउनुभयो । 

प्रहरीले बुटवल आसपासका क्षेत्रहरू वन वाटिका , पिस पार्क, फूलबारी  र हिल पार्कमा स्थानीयवासी र बाहिरबाट घुम्न आएकाहरूले फोहोर बनाएपछि सफाइ गर्ने गर्छन् ।