• २० वैशाख २०८१, बिहिबार

चितवन भ्रमण (कथा)

blog

आयुषा ओली 

 कक्षा ६

 मस्र्याङ्दी बाल ज्योति बोडिङ स्कुल, 

आँबुखैरेनी, तनहुँ

 

हामी ५ कक्षामा पढ्थ्यौंँ । रोसी मिसले नेपाली पढाउनु हुन्थ्यो । एक दिन पढाइ सकेपछि उहाँले शैक्षिक भ्रमण जाने कुरा गर्नुभयो ।

‘स्कुलले कक्षा ५ का विद्यार्थीलाई शैक्षिक भ्रमणमा लैजाने भएको छ । तिमीहरू तयार छौ ?’ मिसले सोध्नुभयो ।

‘कहाँ जाने मिस ?’ एकैचोटि धेरै जनाले सोधे ।

‘तिमीहरू नै भन कहाँ जाने । यसपालि तिमीहरूले जहाँ जाने भन्छौ त्यहीँ लाने । लौ भन त कहाँ जाने ?’

“मिस पाल्पा जाने,” जुरुक्क उठेर 

मोहनले भने ।

‘होइन मिस लुम्बिनी जाने ।’

‘हैन हैन मिस, पोखरा जाने ।’

‘जनकपुर जाने ।’

यस्तै हल्लैहल्लाका बीच एक जनाले भन्यो, ‘मिस चितवन जाने ।’

‘के छ र चितवनमा ? गर्मी खान जाने ?’ राजेश प्रतिवादमा उत्रे ।

‘चितवनको नेसनल पार्कमा के के छन्, तँ चितवनको नेसनल पार्क गएको छस् ?’

‘नाइँ गएको छैन,’ राजेश एकैछिनमा मौन भए ।

‘अनि चितवनमा त हात्ती पनि चढ्न मिल्छ । चितवनमा त धेरै जनवार पनि हेर्न पाइन्छ । धेरै मानिस त्यहाँ जान्छन् ।’

उसको कुरा सुनेपछि सबै जनाले एकै स्वर गर्दै भने, “हो मिस, हामी यसपाला चितवन जाऔँ ।”

चितवन जाने भनेपछि म पनि उत्साहित भएँ । मैले यो कुरा आमालाई सुनाएँ । आमा पनि खुसी हुनुभयो । उहाँले भन्नुभयो, “मलाई पनि एकपल्ट जान मन थियो । के गर्ने तिम्रो स्कुलले मलाई पनि लैजान्छ होला त ?’

‘हुन्न आमा, हामी विद्यार्थी मात्र जाने हो । हामीसँग हेडसर र रोसी मिस मात्रै जानुहुन्छ । बरु म त्यहाँ गएर आएपछि एक दिन तपाईं र म जाउँला नि है ।’

मेरो कुरा सुनेर आमा खुसी हुनुभयो ।

हामी शनिबार बिहानै बसमा चितवन लाग्यौँ । बाटोमा हेडसर र मिसले त्यहाँ के के हेर्ने कसरी हेर्ने भन्ने जानकारी दिनुभयो । “हामीलाई समय मिल्यो भने सीजी पनि जाने है,” हेडसरले भन्नुभयो । 


‘हस,’ सबैले एकै स्वरमा भने ।

चितवन पुगेपछि हामी बसबाट ओल्र्यौं र लाइन लाग्यौँ । सबैभन्दा पहिले हामीलाई जङ्गलमा मयूरले स्वागत ग-यो । 

जङ्गलमा हिँड्दै गर्दा एउटा अनौठो जनवार देखेपछि नवीनले सोधिहाले, “सर, यो कुन 

जनवार हो ?”

‘यही त हो गैँडा,’ सरले भन्नुभयो, “वाउ हामी त क्या भाग्यमानी । गैँडा देखियो ।”

हामी थोरै बाटो हिँडेपछि गोही भएको ठाउँमा पुग्यौँ । कुनै गोही घाम तापिरहेका थिए भने कुनै गोही पानीमा तैरिरहेका थिए ।

‘सबै जना आउ आउ,’ भन्दै रोसी मिसले बोलाउनुभयो ।

सबै जना एकै ठाउँमा गए । मिसले भन्नुभयो, “चितवन आएको सम्झना हुन्छ । फोटो खिचम् ।”

हामी सबैले फोटो खिच्यौँ ।

अनि थोरै अगाडि जस्ताले छोपेको 

घरजस्तो देख्यौँ ।

‘यसमा के छ मिस ?’ मोहनले सोध्यो ।

यो भित्र गोहीको फुल छ । मिसले भन्नुभयो । 

“मिस भित्र जाम न फुल हेर्न,” मनीषले भन्यो ।

“हुन्छ त लाइनमा आउ,” मिसले भन्नुभयो ।

हामीले फूल हेरेर आयौ ।

अनि हामी हात्ती पनि चढ्यौँ । त्यसपछि सिमेन्टको पुल त¥यौँ र अब घर जाने बेला भइसकेछ । 

“सबै जना बसमा जाउँ अब घर जाने,” सरले भन्नुभयो ।

सीजी त जानै पाएनौ । अर्को भ्रमणमा जाउँला भन्दै सबै बस चढे । अनि सबैले एकै स्वरमा गाउन थाल्यौँ । á

‘गाउँछ गीत नेपाली ज्योतिको पङ्खा उचाली