• ४ वैशाख २०८१, मङ्गलबार

मामाघर (बालकथा)

blog

एउटा गाउँमा आमा र छोरा बस्थे । छोराको नाम राम थियो । रामका बुवा भने खर्चबर्च जुटाउन विदेश जानु भएको थियो ।

जाडो निकै बढेको थियो । विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा चल्दै थियो । विद्यालयबाट आज राम अलि छिटो घर आयो । आमालाई भन्यो, आमा आजबाट विद्यालय पन्ध्र दिन छुट्टी भयो नि । ए ल गज्जब भएछ म एउटा योजनामा छु । अब तिमीलाई मामाघरमा घुमाउन लौजान्छु । कति भइसक्यो मामाघर जान नपाएको राम आमाको कुरा सुनेर मुसुक्क हाँस्यो । भोलिपल्ट झुल्केघामसँगै आमा छोरा मामाघरतिर लागे । केही समय हिँडेपछि उनीहरू ठूलो मामाको घरमा गए । खाना खाए । खानामा विभिन्न परिकार थिए । रामले धेरै रमाउँदै खायो ।

खाना खाइ नसक्दै राम खुर्र दौडेर उसको साथी हरिलाई भेट्न गयो । बाटैमा सानु मामाको घर थियो । मामा त गोठमा जानु भएको रहेछ । उसलाई गाई धेरै मन पर्ने भएकाले गोठमा हाँस्दै गयो । पुलुक्क गाईतिर हे¥यो । मामा त आँखा राता पार्दै गाईलाई कुट्दै थिए । गाईले आँखाबाट आँसु चुहायो । रामको मन अमिलो भयो । उसले मामालाई यसरी नकुट्न अनुरोध गर्न पनि सकेन । नबोली हेरिरह्यो ।

त्यही दिन मामाघरमा गोठको धूप रहेछ । गाई रिसाएर दूध दिएन छ । यसरी दुहुनो गाईलाई पिटेपछि दूध दिन्छ त मामा रामले भन्यो । मामाको शिर लाजले निहुरियो ।