• १५ चैत २०८०, बिहिबार

आज स्वस्थानी व्रत समापन हुँदै

blog

काठमाडौं, माघ २२ गते । एक महिनासम्म चल्ने स्वस्थनी व्रतकथा आजबाट समापन हुँदैछ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्रीस्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज (आइतबार) माघ शुक्ल पूर्णिमाका दिन विधिवतरुपमा समापन हुन्छ ।

काठमाडौंमा अवस्थित शाली नदीमा एक महिनादेखि जारी स्वस्थानी मेला पनि आजै समापन हुन्छ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ ।  आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्व समापन हुन्छ ।