• १५ वैशाख २०८१, शनिबार

महासङ्घद्वारा विरोध

blog

काठमाडौँ, माघ २१ गते । काठमाडौँ महानगरपालिकाका नगरप्रहरीले ह्विलचेयर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिलाई पक्राउ गरेको घटनाप्रति राष्ट्रिय अपाङ्ग महासङ्घले विरोध जनाएको छ । नेपालसमेत पक्षराष्ट्र भई हस्ताक्षर गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिविपरीत महानगरपालिकाले अपाङ्गता भएको व्यक्तिलाई अमानवीय व्यवहार गरेको महासङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

“अपाङ्गता भएका व्यक्तिको नैसर्गिक मर्यादाको सम्मान गरिनुपर्ने सिद्धान्तविपरीत नगरप्रहरीबाट ह्विलचेयर प्रयोगकर्ता अपाङ्गता भएको व्यक्तिलाई गरिएको पासवीय व्यवहार निन्दाको विषय मात्र नभई कानुनको घोर उल्लङ्घन भएको छ,” विज्ञप्तिमा भनिएको छ।