• ८ वैशाख २०८१, शनिबार

झोलुङ्गे पुल निर्माणका लागि विवरण माग

blog

काठमाडौँ, माघ २१ गते । स्थानीय पूर्वाधार विभागले एक महिनाभित्र स्थानीय तहमा आवश्यक झोलुङ्गे पुलको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ । 

सरकारको १५औँ योजनाले आधारभूत सेवाको पहुँच आमनागरिकसमक्ष पु-याउने उद्देश्यले आधा घण्टाको फेरोमा झोलुङ्गे पुल बनाउने लक्ष्य लिएकाले सबै पालिकाभित्र आवश्यक झोलुङ्गे पुलको विवरण उपलब्ध गराउन ७५३ वटै पालिकालाई आग्रह गरेको हो । 

सरकारले आगामी तीन वर्षभित्र आवश्यक सबै स्थानमा झोलुङ्गे पुल निर्माण गरी आधारभूत पहुँचमा सुनिश्चितता गर्ने लक्ष्य लिएको छ । विभागका सिनियर डिभिजनल इन्जिनियर कृष्णबहादुर कटवालले झोलुङ्गे पुलको माग गर्दा स्थानीय तहको कार्यपालिकाको निर्णय र सम्बन्धित स्थानीय तहको अनुरोधपत्रसमेत उपलब्ध गराउनुपर्ने बताउनुभयो ।