• ४ भदौ २०८१, मङ्गलबार

कतारले ‘हाया कार्ड’ वैधताको समयावधि बढायो

blog

काठमाडौं, माघ १७ गते । विश्वकप फुटबल दौरान विदेशी नागरिकहरूका लागि कतार प्रवेश गर्न प्रदान गरिएको प्रवेश पत्र ‘हाया कार्ड’ कोको वैधता सम्बन्धी कतारी आन्तरिक मामिला मन्त्रालयले समय बढाएको छ । यसअघि कतार विश्वकपलाई लक्षित गरी तयार पारिएको  हाया कार्ड वैधता २०८० साल माघ १० गतेसम्म लम्ब्याएको हो । 

यसअघि हाया कार्डको समय गत मङ्सिर ४ गतेदेखि सुरु भई विश्वकप अवधिभर कतारमा प्रवेश गर्नका लागि वैधता प्रदान गरिएको थियो । कतारको आन्तरिक मामिला मन्त्रालयले आधिकारिक ट्विटर ह्यान्डल मार्फत यो सूचना जारी गरेको हो । कतार राज्य प्रवेश गर्नका लागि अन्य देशका नागरिकले होटल तथा बस्ने व्यवस्था सम्बन्धी आधिकारिक जानकारी प्रदान गर्नुपर्नेछ । परिवारका सदस्य वा साथीको अनुमतिबारे जानकारी दिनुपर्नेछ । 

मन्त्रालयका अनुसार कतार प्रवेशका समयमा तीन महिना भन्दा बढी समयले वैधानिकता प्राप्त राहदानी  साथमा हुनुपर्नेछ । कतार बसुन्जेलसम्म वैद्य रहने गरी जीवन बीमा गरिएको हुनुपर्नेछ । साथमा फर्कने टिकट हुनुपर्नेछ । 

हाया कार्ड भएकाहरूले परिवारका बढीमा तीन जना सदस्यहरूलाई कतार घुम्न बोलाउन सक्नेछन् । २०८० को माघ १० गतेसम्म जति पटक कतार जाँदा फर्कँदा कुनै शुल्क लाग्ने छैन । यसै हाया कार्डको प्रयोग गरेर समुन्द्री पोर्टमार्फत पनि आवतजावत गर्न सकिनेछ ।