• ११ मंसिर २०८१, मङ्गलबार

लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार : आईओएम

blog

त्रिपोली, माघ १७ गते । गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ । सन् २०२३ जनवरी २२–२८ सम्मको समयावधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका रहेका छन् । यस वर्ष अहिलेसम्म कुल एक हजार १०३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ । १७  जनाको मृत्यु भएको छ भने १८ जना लिबियाको तटबाट बेपत्ता भएका छन्, आईओएमले जनाएको छ ।

सन् २०२२  मा, कुल २४ हजार ६८४ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले खुलासा  गरेको छ । मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट ५२९ आप्रवासीको मृत्यु भएको छ भने ८४८ जना बेपत्ता भएका छन् । रासस/सिन्ह्वा