• १२ साउन २०८१, शनिबार

बदलियो मौसम, बढ्यो चिसो

blog

काठमाडौँ, माघ १७ गते । पश्चिमी वायुको प्रभावसँगै देशभर बदली हुँदा चिसो बढेको छ । आइतबार साँझदेखि भएको बदलीका कारण चिसो ह्वात्तै बढेको हो । कर्णाली र सुदूरपश्चिम भेगमा भएको हल्का वर्षा तथा हिमपातले हिमाली भेगको चिस्यान पनि अहिलेको बदलीमा मिसिएकाले थप चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।