• १४ चैत २०८२, शनिबार

गाडी दुर्घटना हुँदा मकवानपुरमा तीन जना घाइते

blog

मकवानपुर भीमफेदी गाउँपालिका-६, एघारघुम्ती स्थित सडक खण्डमा दुर्घटना भएको हाइस गाडी ।

राममणि दाहाल

मकवानपुर, चैत १४ गते । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका-६, एघारघुम्ती स्थित सडक खण्डमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

काठमाडाैँ हेटौँडाका लागि आउँदै गरेको बा. ३ ख. ७८७६ नं.को हाइस गाडी शनिबार दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त गाडी ब्रेक फेल भई सडकको भित्तामा ठोक्किन गई दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

चालकसहित १० जना सवार रहेकोमा तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाइएको उहाँले बताउनुभयो । 

घाइते हुनेमा उदयपुर जिल्ला त्रियुगा नपा-११, गाईघाटका वर्ष ८६ का गोरे राई, ६२ वर्षीया हर्क माया राई र त्रियुगा नपा-१०, गाईघाटका वर्ष ३५, ४० शम्भु कटुवाल रहनुभएको छ ।

गोरे राई गाडी ब्रेक फेल भई गाडीबाट हाम फाल्दा सोही गाडीको पछाडिको टायरले कुल्चिएर टाउकोमा चोटलागेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

गाडी ब्रेक फेल भई गाडीबाट हाल फाल्दा घाइते हुनुभएकी हर्क मायाको निधार र दाहिने हातमा चोट लागेको तथा कटुवालको टाउकोमा चोट लागेको र दुवैको अवस्था मध्यम रहेको छ ।

उक्त गाडीमा सवार बाँकी यात्रु आफूखुसी उपचारको लागि गएको र हाइस चालक हाल सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । 

मकवानपुर भीमफेदी गाउँपालिका-६, एघारघुम्ती स्थित सडक खण्डमा दुर्घटना भएको हाइस गाडी ।