• १० मंसिर २०८१, सोमबार

सन्दीपले खेल्ने नखेल्ने कानुनको जिम्मा

blog

सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौं, माघ १२ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउने वा नपाउने विषयमा कानुन जानकार रहेको जनाएको छ ।  

बिहीबार पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानले सन्दीप टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानुनले जे अनुमति दिन्छ त्यही अनुसार अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष चन्दले आईसीसीसँग सन्दीपको बारेमा छलफल भएको र नेपालको विद्यमान कानुन अनुसार अगाडि बढ्न सुझाव दिएको बताउनुभयो । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । सन्दीप गत असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नुभएको थियो ।  सन्दीप उच्च अदालत पाटनको आदेशपछि २० लाख रुपियाँ धरौटी बुझाएर पुस २९ मा रिहा हुनुभएको छ ।

थुनामुक्त भए पनि सन्दीप क्रिकेटमा फर्कने नफर्कने टुङ्गो लागेको छैन । सन्दीपविरुद्धको  मुद्दा अझै अदालतमा विचाराधीन छ । सन्दीपले अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अभ्यास भने गर्न थाल्नुभएको छ ।