• १३ असोज २०८१, आइतबार

गीतकार अधिकारीको गजल ‘जिउने चाहना’मा केकी

blog

काठमाडौं, माघ ६ गते। गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको जिउने चाहना बोलको गजलको भिडियो सार्वजनिक भएको छ। डा. रमिल अधिकारीले सिर्जना गर्नुभएको गजलको भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो।

भिडियोमा गीतकार स्वयम् र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ। एक प्रेमील जोडीबीचको प्रेम र विरहको कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाउनुभएको छ। नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गर्नुभएको हो। भिडियोको सम्पादन विकाश दाहालले गर्नुभएको हो।

गीतकार अधिकारी न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत हुनुहुन्छ। न्युजल्याण्डको  स्वास्थ्य मन्त्रालयको  कोभिड डिरेक्टोरिएटमा आवद्ध उहाँ नेपाल सरकारको तर्फबाट न्युजल्याण्डका लागि पर्यटनदूतका रुपमा पनि कार्यरत हुनुहुन्छ। सार्वजनिक गीत गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो।