• १३ असोज २०८१, आइतबार

सुरक्षा समितिको बैठक जारी

चार शव अझै खोँचमा, निकाल्ने प्रयास जारी

blog

रमेश पौडेल
पोखरा, माघ १ गते । 
पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार ७२ यात्रुको जीवित रहने सम्भावना न्यून भएको छ । शव निकाल्ने प्रयास जारी रहेकै बेला चार जनाको शव फेला परे पनि निकाल्न सकिएको छैन । यद्यपि, शव निकाल्ने प्रयासमा उद्धार टोली लागेका छन् ।

उद्धार कार्यमा रहेको नेपाली सेनाको उद्धार टोलीले आइतबार साँझ ५ बजेसम्म ६८ शवको निकालेको छ ।

निकालिएका शवमध्ये ३२ वटा पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी नेपाली सेनाको पश्चिम पृतनापति दीपक बानियाँले दिनुभयो ।

पृतनापति दीपक बानियाँले भन्नुभयो, ‘‘निकालिएका शवमध्ये ३२ वटा पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ, खोँचबाट ३२ वटा शव निकालिएको छ र त्यहाँबाट माथि निकाल्ने क्रम जारी छ । थप चारवटा शव विमानको भग्नावशेषले थिचिएको अवस्थामा खोँचमै रहेको पत्ता लागेको र तिनलाई निकाल्ने प्रयास जारी छ ।’’ सो विमानमा चालक दलका सदस्यसहित ७२ यात्रु सवार थिए ।

सुरक्षा समितिको बैठक बस्दै

शव व्यवस्थापन तथा आफन्तजनलाई पहिचान भएका शव कसरी जिम्मा लगाउने भने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको अध्यक्षता प्रदेश सुरक्षा समितिको बैठक अहिले बसिरहेको छ ।


यो पनि पढ्नुहोस