• ६ वैशाख २०८१, बिहिबार

आजदेखि सुरु भयो स्वस्थानी व्रत (फोटो फिचर)

blog

भक्तपुर, पुस २२ गते । आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आज (शुक्रबार)देखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।  

उपत्यकामा विशेषगरी काठमाडाैँको शाली नदी र भक्तपुरको हनुमान घाटमा स्वस्थानीको पूजाआराधना गर्ने गरिन्छ । स्वस्थानी व्रतकथाका क्रममा  हनुमानघाटमा  माधवनारायण व्रत लिएकाहरू हरेक बिहान फरक फरक स्थानका सडकमा गुँडुल्किएर हिँड्ने गर्छन् । नाङ्गो खुट्टा, शरीरमा सेतो कपडा मात्रै बेरेर गुँडुल्किँदै तिथिअनुसार फरक–फरक देवतालाई जल चढाउन जाने परम्परा छ ।

हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।