• २३ असार २०८१, आइतबार

सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुनमा

blog

फाइल तस्बिर ।

काठमाडौं, पुस १४ गते । सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुनमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बिहीबार बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति भएको हो ।

लिग डबल राउन्ड रोबिन प्रणालीका आधारमा हुनेछ । यसअघि एन्फाले पुस अन्तिम साताबाट लिग सुरु गर्ने निर्णय गरेको थियो । तर एन्फाले क्लबहरूलाई लिगको तयारी खर्च नदिएका कारण लिग समयमै हुन नसकेको हो ।

एन्फाले क्लबलाई लिगको तयारी खर्च २५ दाख रुपियाँ दिने निर्णय यसअघिनै गरेको थियो । यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।