• २३ असार २०८१, आइतबार

युनाइटेड र चेल्सीको सहज जित

blog

गोल गरेपछि खुशी मनाउँदै युनाइटेडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, पुस १३ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा मनचेस्टर युनाइटेड र चेल्सीले सहज जित निकालेका छन् । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । अर्को खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले स्तब्ध बनायो । 

एकपक्षीय खेलमा पहिलो हाफमा दुई गोल गरेको युनाइटेडले दोस्रो हाफमा एक गोल थपेको थियो । युनाइटेडलाई जिताउन मार्कस रासफोर्डले १९औं, एन्थोनी मार्सियलले २२औं र फ्रेडले ८७औं मिनेटमा गोल गर्नुभयो । जितसँगै युनाइटेड पाँचैं स्थनमा उक्लिएको छ । युनाइटेडको १५ खेलबाट २९ अङ्क छ । पराजित नटिङघक १३ अङ्कसहित १९औं स्थानमा छ ।

यसैगरी चेल्सीको जितमा काई हाभर्टजले १६औं र मासन माउन्टले २४औं मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै आठौं स्थानमा रहेको चेल्सीको १५ खेलबाट २४ अङ्क छ । पराजित बर्नमाउथ १६ अङ्कसहित १४औं स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलले ४० अङ्क बनाएको छ । एजेन्सी