• १३ साउन २०८१, आइतबार

सम्झौता बमोजिमको तालिम सञ्चालन नभएको आरोपमा मुद्दा दायर

blog

अख्तियार दुरुपयोग अनुसन्धान आयोग । फाइल तस्बिर

काठमाडौं, पुस १२ गते। कालिकोटको खाँडाचक्र नगरपालिकाले सम्झौता अनुरुप कुखुरा पालन सीप विकास तालिममा नायब सुब्बा दीपकराज देवकोटाले रकम हिनामिना गरेको आरोप लागेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै नगरपालिकाले पोल्ट्री बंगुर फार्मसँग ४२० कुखुरा उपलब्ध गराउने सम्झौता गरेको थियो।

 लघु उद्यम विकास अन्तर्गत रहेको सो तालिममा नगरपालिकाद्वारा वडा नं ३ र ४ मा कुखुराको साकोनी जातको चल्ला मात्र सम्झौताकर्ताबाट खरिद गरी आफैंले सञ्चालन गर्ने भनिएको तालिम कार्यक्रमको शर्त अनुरुप पूरा समयावधि तालिम सञ्चालन नगरी एक दिन मात्र सञ्चालन गरेको आरोप लागेको छ। 

सो कार्यक्रम १५ दिन अर्थात् पूर्ण रुपमा सञ्चालन गरेको भनी झुट्टा बिल भरपाई तथा कागजात तयारी गरेको र एक लाख ९७ हजार ८९५ रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको हो। 

आयोगले आरोपित देवकोटाले सम्झौता अनुसारको भुक्तानी रकमबाट ३० हजार १८० रुपियाँ घुस लिएको जनाएको छ। विशेष अदालत, काठमाडौंमा सो आरोपपत्र दायर गरिएको छ।