• १९ असोज २०८१, शनिबार

आजको मौसम: न्यूनतम तापक्रममा सुधार, हिमपातको सम्भावना

blog

काठमाडौँ, पुस १२ गते । देशैभर न्यूनतम तापक्रममा सुधार आएसँगै दैनिकजसो चिसो बढ्ने क्रम जारी छ । चिसोका कारण जनजीवनमा सामान्य प्रभाव पारेको छ भने आज देशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागमा भने सफा हुने महाशाखाले जनाएको छ ।

मौसम बदली भइरहँदा देशभरको तापक्रम पनि निरन्तर घटिरहेको छ । यता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि आज ४.४ मापन भएको छ । यता जोमसोम, जिरी, जुम्ला लगायतका हिमाली भेगको तापक्रम माइनसभन्दा तल मापन भएको छ ।