• १३ असोज २०८१, आइतबार

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाइ

blog

अमेरिकी राजदूत डिन आर थम्सन र प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, पुस ११ गते । नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिनुभएको हो ।

राजदूतले सामाजिक सञ्जाल ट्वीटरमार्फत भन्नुभएको छ, “नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर छ ।”