• १३ मंसिर २०८१, बिहिबार

प्रधानमन्त्री बन्न प्रचण्डलाई ७ दल र तीन स्वतन्त्रकाे समर्थन

अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति भवनमा

blog

शीर्ष नेताहरू राष्ट्रपति भवन प्रवेश गर्नुहुँदै । तस्बिर सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १० गते । नेकपा (एमाले) का अध्यक्ष के.पी.  शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू भर्खरै राष्ट्रपति भवन पुग्नु भएको छ । 

ओली निवास बालकोटमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै उहाँहरू राष्ट्रपति भवन पुग्नु भएको हो । 

आइतबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच यसअघि अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको थियो ।


राष्ट्रपति भवनमा माओवादी अध्यक्ष प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पुग्नुभएको छ ।

संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसहितको सरकार गठनको दाबी गरिएकोे जनाइएको छ ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आजसम्मको समय सीमा तोक्नु भएको थियो ।