• १३ असोज २०८१, आइतबार

नेपाल टी–२० क्रिकेट : लुम्बिनीको दोस्रो जित

blog

आइतबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस १० गते । लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई दुई रनले हरायो ।

लुम्बिनीले दिएको एक सय ५८ रनको विजय लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाउनुभयो । रोहितकुमार पौडेलले २५, पृथु बास्कोटाले १८, सिकन्दर राजाले १७ र अर्जुन साउदले १० रन बनाउनुभयो । बलिङमा लुम्बिनीका किशोर महतोले दुई विकेट लिनुभयो। सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिंह ऐरी र प्याट ब्रोनले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले अविजित ८० रन बनाउनुभयो । कुशल भुर्तेलले २६, कप्तान दिपेन्द्र सिंह ऐरीले १६ र विपुल शर्माले ११ रन बनाउनुभयो । 

बलिङमा विराटनगरका नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले एक एक विकेट लिनुभयो । दोस्रो जितसँगै चार अङ्क बनाएको लुम्बिनी शीर्षस्थानमा छ । पहिलो हाफ खेपेको विराटनगर तेस्रो स्थानमा छ । ६ टोलीको सहभागिता रहेको प्रतियोगिता पुस २७ गतेसम्म चल्नेछ ।