• १३ असोज २०८१, आइतबार

बागमती प्रदेश आमन्त्रण क्रिकेट आइतबारदेखि

blog

काठमाडौं, पुस ९ गते । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट सङ्घको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट शृङ्खला आइतबारदेखि सुरु हुँदैछ ।

शृङ्खलामा नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फर्म्याटको ४ मैत्रीपूर्ण खेल खेलाइनेछ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी–२० हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताउनुभयो । 

मूलपानी क्रिकेट मैदानमा शृङ्खलाअन्तर्गत डिसेम्बर २५ र २६ तारिखमा ४० ओभरको खेल खेलाइनेछ । डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ । बागमती प्रदेशको महिला टिमले नवौँ राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनसहित राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अन्य ६ खेलाडी रहेको आयोजकले जनाएको  छ ।

नेपालमा महिला क्रिकेटको सम्भावना, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियता तथा क्रिकेटको विकास र प्रवर्धनमा योगदान पुर्‍याउने उद्देश्यले शृङ्खला आयोजना गर्न लागिएको सदस्य सचिव भण्डारीले जानकारी दिनुभयो ।