• १३ असोज २०८१, आइतबार

नेपाल लिग चरणमा जित विहीन

blog

किर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाली टोली ।

काठमाडौं, पुस ९ गते । नेपाल बङ्गलादेशमा जारी काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा जित विहीन बनेको छ । ढाकामा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो ।

पहिलो  सेट २५-१६ ले गुमाएको नेपालले त्यसपछि दोस्रो सेटमा पुनरागमन गर्दै २५-२३ को जित निकालेको थियो । नेपालले तेस्रो सेट २५-१७ ले गुमायो । नेपालले चौथो सेट २५-१९ मा जित निकाल्दा अन्तिम सेटमा किर्गिस्तानले १५-६ को जित निकालेको थियो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि खेल्नेछ । प्रतियोगितामा चार टोलीको मात्र सहभागिता रहेकोले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।