• १३ असोज २०८१, आइतबार

नेपालका राजवीर च्याम्पियन

blog

उपाधि विजेता राजवीर प्रधान । तस्बिर : राखेप

काठमाडौं, पुस ९ गते । नेपालका राजवीर प्रधान २०औँ जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा शनिबार पहिलो हुनुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा हराउनुभयो ।

पुस २ मा सम्पन्न प्रतियोगिताको सर्किट– १ मा भने राजवीर परीक्षा कारण सहभागी थिएनन् । सर्किट–१ मा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई हराउँदै पहिलो हुनुभएको थियो । नेपाल टेनिस सङ्घको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्सको फाइनलमा भारतकी तनिशा भत्नागरले भारतकै सराह चौधरीलाई सीधा सेटमा ६–३ र ६–४ ले पाखा लगाउँदै पहिलो हुनुभयो ।

सर्किट–१ मा भने नेपाली खेलाडीको वर्चस्व थियो । नेपालका शिभाली गुरुङ पहिलो, आद्या पौड्याल दोस्रो तथा प्रशंसा मोक्तान र स्वस्तिका विष्ट तेस्रो हुनुभएको थियो । सर्किट–१ कै डबल्समा पनि शिभालीले स्वर्ण हात पार्नुभएको थियो । शुक्रबार सम्पन्न सर्किट–२ को ब्वाइज डबल्समा हङकङका ताङ र वान हिम दोनोभन यिमको जोडी पहिलो भएका थियो ।

गल्र्समा नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडीले शीर्षस्थान हात पारेको थियो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।