• १३ असोज २०८१, आइतबार

लुम्बिनीको विजयी सुरुवात

blog

टस गर्दै लुम्बिनी र फार वेस्टका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस ९ गते । लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा लुम्बिनीले फार वेस्ट युनाइटेडलाई ६७ रनले हरायो ।

लुम्बिनीले दिएको एक सय ५३ रनको विजय लक्ष्य पछ्याएको फार वेस्टले १६.२ ओभरमा सबै विकेटको क्षतमा ८५ रनमा समेटिएको थियो । फार वेस्टका लागि कप्तान हस्मतउल्लाह साहिदीले सर्वाधिक ३५ तथा विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरीले तीन, सागर ढकालले दुई तथा प्याट ब्राउन, किशोर महतो र विपुल शर्माले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा सात विकेटको क्षतमा एक सय ५२ रन बनाएको थियो । लुम्बिनीका लागि मिलान्थाले सर्वाधिक ६० रन बनाउनुभयो । कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ र गुलसन झाले २५ रन बनाउनुभयो ।

बलिङमा फार वेस्टका उमर अलि र करन केसीले तीन/तीन विकेट लिनुभयो । पुस २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछ ।