• १२ मंसिर २०८१, बुधबार

सांसदको शपथ पुस १४ मा

blog

सन्तोष सुवेदी

कास्की, पुस ९ गते । गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराउने तयारी गरिएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १३ गते ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई शपथ गराउनुहुनेछ। त्यसको भोलिपल्ट बस्यालले अरू सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने पुस १३ मा आफ्नै निवास सिमलचौरमा शपथ गराउनुहुनेछ। नेपालको संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन, २०७४ को दफा ७५ (१)बमोजिम प्रदेश प्रमुखले निर्वाचित प्रदेश सभाका ज्येष्ठ सदस्यलाई शपथ गराउने प्रावधान छ।

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदले मातृभाषामा पनि शपथ लिन पाउने भएका छन्। संसद् सचिवालयले उनीहरूलाई मातृभाषामा शपथ लिन पाउने गरी सूचना जारी गरेको हो। तर, त्यसका लागि सांसदहरूले तीन दिनअघि नै जानकारी गराउनुपर्नेछ। 

६० सदस्यीय गण्डकीमा २७ सिट कांग्रेस, २२ सिट एमाले, आठ सिट माओवादी, दुई सिट राप्रपा र एक सिट एकीकृत समाजवादीको छ। मनाङबाट स्वतन्त्र रूपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो।