• १३ साउन २०८१, आइतबार

चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने

blog

चार्ल्स शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभाग लगिँदै । तस्बिर : कविन अधिकारी

काठमाडौं, पुस ८ गते । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार जेलमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने भएको छ ।

शुक्रबार शोभराज १९ वर्ष तीन महिनापछि सुन्धारास्थित केन्द्रीय कारागारबाट रिहा भएका छन् । रिहा भएका शोभराजलाई आजै अध्यागमन विभाग बुझाइएको थियो ।

अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले शोभराजलाई आजै फ्रान्स पठाइने जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले बुधबार १५ दिनभित्र डिपोर्ट (नेपाल छाड्ने) आदेश दिएको थियो । शोभराजलाई आज साँझको उडानबाट फ्रान्स पठाइने जानकारी सूचना अधिकारी पाण्डेले दिनुभयो ।

सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या र फर्जी राहदानी प्रयोग गरेको अभियोगमा शोभराजलाई सर्वस्वसहित जन्मकैद हुनेगरी छुट्टाछुट्टै मुद्दा चलाइएको थियो ।

शोभराजलाई बिकिनी किलर, सिरिअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिन्छ ।

यो पनि पढ्नुहोस

चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइयो

चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश