• १२ मंसिर २०८१, बुधबार

भूकम्प प्रतिरोधी घर बनाउन सिकाइँदै

blog

वालिङ समाचारदाता 

वालिङ, पुस ७ गते  । वालिङ नगरपालिकाले कालिगड (मिस्त्री)लाई भूकम्प प्रतिरोधी घर बनाउने सीप सिकाउन थालेको छ। विगत लामो समयदेखि घर बनाउने काम गर्दै आएका मिस्त्रीलाई भूकम्प प्रतिरोधी घर बनाउन सिकाइएको हो। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीको सहकार्यमा नगरपालिकाले सो तालिम सञ्चालन गरेको हो। १४ वटै वडाका अगुवा मेसन (घर बनाउने) १८ जना मिस्त्रीलाई पहिलो चरणमा तालिम दिन सुरु गरिएको छ। 

नगरप्रमुख कृष्ण खाणले नगरका सबै अगुवा मिस्त्रीलाई भूकम्प प्रतिरोधी घर बनाउने तरिका सिकाइएको बताउनुभयो। पालिका भूकम्प प्रतिरोधी घर बनाउने सपना भए पनि कसरी बनाउने भन्ने जानकारी नहुँदा समस्या भइरहेको उहाँले बताउनुभयो। अब त्यो समस्या समाधान हुँदै छ, नगरप्रमुख खाणले भन्नुभयो। लामो समयदेखि गाउँका घर बनाउने काम गर्दै आउनुभएका ५७ वर्षीय कृष्ण थापा सो तालिम लिन पाउँदा काम गर्न सजिलो भएको बताउनुहुन्छ।  तालिमका प्रशिक्षक इन्जिनियर सन्तोष धितालले कसरी भूकम्प प्रतिरोधी घर बनाउने भन्ने जानकारी नभएका कारण गाउँ–गाउँमा निर्माण भइरहेका घरहरू जोखिमयुक्त हुनसक्ने बताउनुभयो।