• १२ मंसिर २०८१, बुधबार

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न समिति गठन

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस ७ गते ।  नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति बनाइएको छ । कांग्रेस बागमती प्रदेश समितिको मङ्गलबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेश सभाको संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेस बागमतीका प्रवक्ता तिलक रुवालीले बागमती प्रदेश सभा संसदीय दलको नेता चयन गर्ने सम्बन्धमा छलफल गर्न बसेको बैठकले प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको जानकारी दिनुभयो ।  पाँच सदस्यीय समितिको सदस्यमा प्रदेश महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, कार्यसमिति सदस्य गङ्गा दाहाल र सानु श्रेष्ठ रहनुभएको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा हाल कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको दाबी रहेको छ । 

बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये सबैभन्दा ठूलो दल कांग्रेसको प्रत्यक्ष प्रणाली र समानुपातिक प्रणालीबाट गरी ३७ जना प्रदेश सभा सदस्य रहेका छन् ।