• ११ वैशाख २०८१, मङ्गलबार

शेरबहादुरलाई पाँच लाख सहयोग प्रदान

blog

आर्थिक सहयोग प्रदान गरिँदै । तस्बिर : राखेप

काठमाडौं, मंसिर २९ गते । तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आर्थिक सहयोग प्रदान गरेको छ ।

लामो समयदेखि कलेजो रोगबाट पीडित सिंहलाई कोषले दुई लाख र परिषद्ले तीन लाख गरी पाँच लाख रुपियाँ प्रदान गरेको कोषका सचिव दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नेपाल तेक्वान्दाका मुख्य प्रशिक्षक नवीन श्रेष्ठलाई बिहीबार पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो । 

कैलाली जिल्ला निवासी सिंहको दिल्ली स्थित नारायण सुपरस्पेसियलिस्ट अस्पतालमा कलेजो प्रत्यारोपणका लागि उपचार भइरहेको छ । उहाँलाई क्रोनिक लिभर डिजिज सिरोसिस भएको चिकित्सकले जानकारी गराएका छन् ।