• ८ जेठ २०८१, मङ्गलबार

नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता आर्मीका खेलाडी सम्मानित

blog

पदक विजेतालाई सम्मा गरिँदै । तस्बिर : जंगी अड्डा

काठमाडौं, मंसिर २९ गते । गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आर्मीका खेलाडी र प्रशिक्षक सम्मानित भएका छन् । खेलाडीलाई नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सम्मान गरेको हो ।

पदक विजेता खेलाडीलाई बुधबार जंंगी अड्डामा आयोजित कार्यक्रमबीच प्रधान सेनापति प्रभुराम शर्माले सम्मान गर्नुभयो । शर्माले आर्मीबाट नवौँमा कीर्तिमान रच्न सफल १४ खेलाडी, ३२ जना प्रशिक्षक, स्वर्ण, रजत र कांस्य विजेतालाई प्रशंसा निशान पदकबाट सम्मान गरेको हो । 

आर्मीले प्रतियोगिताको क्रममा प्याराग्लाइडिङ खेलाडीको ज्यान गएको घटनाप्रति दुःख समेत व्यक्त गरेको थियो । नवौँमा आर्मी एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कांस्य गरी कूल तीन सय ७१ पदकसहित च्याम्पियन बनेको थियो । च्याम्पियन खेलाडी  प्रशिक्षकहरूलाई प्रधान सेनापति शर्मा, बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का लगायत बधाई तथा धन्यवाद दिनुभएको थियो ।