• १० साउन २०८१, बिहिबार

समर्थन मूल्यमा धान किन्न आग्रह

blog

रङ्गेली समाचारदाता

विराटनगर, मङ्सिर २९ गते । सरकारले तोकेको न्यूनतम मूल्यमा धान खरिद गर्न किसानका विभिन्न सङ्घसंस्थाले आग्रह गरेका छन् । समर्थन मूल्य निर्धारण गरेर सरकारले खरिद नगर्दा किसानको उत्पादन व्यापारीले मनलाग्दी मूल्यमा खरिद गर्ने गरेका हुन् । 

नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घ, मोरङले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्ने प्रक्रिया अगाडि नबढाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । सरकारले गत कात्तिक १६ गते धानको समर्थन मूल्य निर्धारणको निर्णय गरेको थियो । मोटा धानको मूल्य दुई हजार ९६७, मध्यम धानको तीन हजार १२८ रुपियाँ तोकिएको छ । विराटनगरमा दुई सङ्गठनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासङ्घ मोरङका अध्यक्ष देवेन्द्र पौडेलले समर्थन मूल्यभन्दा कममा धान बिक्री गरे सरकारले शोधभर्ना गर्ने नीति रहेको बताउनुभयो ।