• १३ असोज २०८१, आइतबार

ठगी आरोपमा सूर्य कर्पोरेसनको कारोबार रोक्का

blog

काठमाडौँ, मङ्सिर २६ गते । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै तीन वर्षदेखि राहदानी र रकम लिँदै आएको सूर्य कर्पोरेसन (म्यानपावर) कम्पनीको कारोबार वैदेशिक रोजगार विभागले रोक्का गरेको छ । 

उक्त म्यानपवार कम्पनीले जापान पठाइदिने भन्दै युवाबाट तीन वर्षदेखि रकम र राहदानी लिएर अहिलेसम्म पठाउन नसकेकाले पीडितको उजुरीका आधारमा कारबाही गरेको हो । 

विभागका अनुसार त्यो म्यानपावर कम्पनीले जापानसहित क्यानडा, अमेरिकालगायतका देशमा पठाइदिने भन्दै सङ्कलन गरेका ८० थानभन्दा बढी राहदानी र अन्य कागजात बरामद गरेको छ । 

गएको शुक्रबार अनुगमनको क्रममा त्यस म्यानपावर कम्पनीमा उपस्थित कर्मचारीलाई समेत प्रहरीको जिम्मा लगाई आवश्यक कारबाही थालिएको विभागले जनाएको छ ।