• ७ वैशाख २०८१, शुक्रबार

साकेला पार्कमा वावु पोखरी उदघाटन

blog

सांसद अशोककुमार राई बाबु पोखरीको उदघाटन गर्नुहुँदै । तस्बिर : निशा राई

निशा राई 

धरान, मंसिर २२ गते । धरान १७ स्थित साकेला सांस्कृतिक पार्कमा उधौली पर्वको अवसरमा नवनिर्मित वाबु पोखरी उदघाटन गरिएको छ । किरात राई समुदायको सांस्कृतिक सामग्री बाबुको आधारमा करिब ५५ फुट लम्बाइ र आरसीसी ढलानसहितको बाबु पोखरीको बिहीबार सुनसरी क्षेत्र नं. १ का नवनिर्वाचित संघीय सांसद अशोककुमार राईले उदघाटन गर्नुभयो ।

बाबु किरातहरुको हरेक सांस्कृतिक कार्यमा प्रयोग हुने सामग्री हो । धरान १० पुतलीलाइन घर भई हाल काठमाडौं निवासी शोभा राईको दिवगंत आमा बुवाको नाममा बाबु पोखरीको ६ लाखमा निर्माण गरिएको हो । 

साकेला किरात राईहरुको मुख्य चाड हो । राईहरु प्रकृति र पितृपुजक हुन् किरात राईहरुको भाषा थुप्रै रहेकाले साकेलालाई विभिन्न नामले उच्चारण गरिन्छ । 


उधौली पर्वमा राईहरुले पितृको पूजागरी प्रकृतिको विभिन्न जीवजनावरको हाउभाउ देखाउँदै साकेला सिली नाच्ने गर्छन् । साकेला सिलीमा खेती गरिएको हाउभाउ पनि देखाइन्छ । राई जाती बाहेक अन्य लिम्बू, याक्खा, सुनुवार, थामीलगायत समुदायले पनि उधौली पर्व मनाउने गर्छन् । 

कार्यक्रममा सांसद राई र सुनसरी १ (क) प्रदेश सांसद रमेशकुमार बस्नेत। सुनसरी १ (ख) प्रदेश सांसद विजयकुमार राई लगायतको सहभागिता थियो ।