• ६ वैशाख २०८१, बिहिबार

अप्टिकल फाइभर काटिएपछि एनसेलको सेवा अवरुद्ध

blog

काठमाडौं, मंसिर २२ गते । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आबुखैरेनी जोड्ने अप्टिकल फाइभर काटिएका कारण सेवा प्रवाह अवरुद्ध भएको एनसेलले जनाएको छ। 

सूचना सार्वजनिक गर्दै एनसेलेल कम्पनीका कम्पनीको टोली मर्मतसम्भारका लागि फिल्डमा खटिसकेकाले चाँडै सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ। 

‘बिहीबार बिहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको हो। अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ’, सूचनामा भनिएको छ। 

अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई आग्रह गरेको छ।