• १२ साउन २०८१, शनिबार

वसन्तपुरमा १९ औँ राष्ट्रिय ज्यापू दिवस (फोटो फिचर)

blog

काठमाडौँ, मङ्सिर २२ गते । काठमाडौंको वसन्तपुरमा ‘यःमरी पुन्ही’ को दिनमा १९ औँ राष्ट्रिय ज्यापू दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । १९ औँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू समुदायले सांस्कृतिक र्‍याली पश्चात् वसन्तपुरमा पुगेर औपचारिक कार्यक्रमको सुरुवात गरेको छ । 


कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहनुभएको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडाैं क्षेत्र १ का सांसद प्रकाशमान सिंह, काठमाडाैं क्षेत्र ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, ललितपुर क्षेत्र २ का सांसद प्रेमबहादुर महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, ज्यापू महागुथिका अध्यक्ष, ज्यापू समाज,यलका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ज्यापू संस्कृति विकास काेषका अध्यक्ष मङ्गलकृष्ण सिंहको अध्यक्षतामा भएको हो । कार्यक्रममा समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरूलाई सम्मान गरिएको थियो । मूल कार्यक्रम हुनुअघि ज्यापू समुदायले सांस्कृतिक अभियान स्वरूप बाजागाजासहित सांस्कृतिक नगर परिक्रमा गरेका थिए ।


ज्यापू समुदायको परम्परागत मौलिक संस्कृति, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संरक्षण गर्न निरन्तर रूपमा यस दिवस मनाउन थालिएको ज्यापू संस्कृति विकास काेषका उपाध्यक्ष सन्तकुमार महर्जनले बताउनुभयो । 

वि.सं २०६१ सालदेखि नेवा: जातिभित्रको ज्यापू समुदाय र गैरज्यापू समुदायबीच सामाजिक सद्भाव, समन्वय र सहयोगी भावना अभिवृद्धि गर्ने उद्देश्यले सांस्कृतिक अभियान सुरु गरिएको हो ।




तस्बिरः मनोज रत्न शाही


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।