• १२ साउन २०८१, शनिबार

सूर्य नेपाल काठमाडौँ गल्फ आजदेखि

blog

काठमाडौँ, मङ्सिर २० गते । सूर्य नेपाल गल्फ टुरअन्तर्गतको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन मङ्गलबार सुरु हुनेभएको छ। रोयल नेपाल गल्फ क्लबमा हुने सो प्रतियोगिता ७२ होलमा खेलाइनेछ। दुई चरणपछि २१ व्यावसायिक गल्फरले मात्र ३६ होलका लागि अन्तिम चरणमा स्थान बनाउनेछन्। अन्तिम चरणमा छ एमेच्योर गल्फरले पनि प्रवेश पाउनेछन्।

यस प्रतियोगितामा शुक्रबहादुर राई, भुवन नगरकोटी, सञ्जय लामा, धन थापा, रामे थापाजस्ता उत्कृष्ट गल्फरको पनि सहभागिता रहनेछ। कुल छ लाख ७० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा विजेताले एक लाख १६ हजार, उपविजेताले ७४ हजार तथा तेस्रो स्थान हासिल गर्ने खेलाडीले ६३ हजार रुपियाँ पुरस्कार पाउनेछन्। यसैगरी शीर्ष २१ स्थानमा रहने गल्फरलाई नगद पुरस्कार दिइने बताइएको छ।