• ८ वैशाख २०८१, शनिबार

गुजरात विधान सभा निर्वाचन

प्रधानमन्त्री मोदीकी आमा हीराबेनद्वारा गान्धीनगरबाट मतदान

blog

गान्धीनगर, मङ्सिर १९ गते । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि सोमबार मतदान गर्नुभएको छ ।

सय वसन्त पार गरेकी हीराबेनले गान्धीनगरको रायसन प्राथमिक विद्यालयमा मतदान गर्नुभएको हो । साथै, भारतीय प्रधानमन्त्री मोदीले अहमदाबादको निशान पब्लिक स्कुलमा मतदान गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमा हीराबेनलाई गान्धीनगरस्थित उहाँको निवासमा भेट्नुभएको थियो ।

भेटमा लिएको एक तस्बिरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको खुट्टा ढोगेको देखिएको छ । प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमाको छेउमा बसेर साँझको चिया पनि लिनुभएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमा हीराबेनको १०० औँ जन्मदिनको अवसरमा गत जुन १८ मा पनि छोटो भेट गर्नुभएको थियो ।  रासस/सिन्ह्वा