• १४ वैशाख २०८१, शुक्रबार

अनुशासित र क्षमताबान बनाउन विद्यार्थीलाई तालिम

blog

तालिममा सहभागि विद्यार्थीले आफ्नो कला कौशल प्रदर्शनी गर्दै । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, मङ्सिर १६ गते ।
पूर्वी नवलपरासीको कावासोती–८ मा रहेको नोबल एकेडेमीमा जुनियर डिभिजन तालिम प्रदर्शनी भएको छ । विद्यालयबाट राष्ट्रिय सेवा दलको ४८ औं जुनियर डिभिजन तालिममा सहभागि विद्यार्थीले आफ्नो कला कौशल प्रदर्शनी गरेका हुन् । विद्यालयबाट राष्ट्रिय सेवा दलको तालिममा छनौट भएका विद्यार्थीले ७९ दिनको तालिम प्राप्तिपछि विद्यालयमा तालिममा सिकेका सीप तथा कला कौशलको प्रदर्शनी गरेका हुन् ।

राष्ट्रिय सेवा दलमा आबद्ध भएपछि विद्यार्थीहरुमा व्यतिmत्व विकास तथा क्षमता अभिवृद्धि, अनुशासित, क्षमतावान हुने साथै विपद व्यवस्थापनको उद्धारमा स्वयसेवक उत्पादन गरी राष्ट्रिय एकताको भावनामा टेवा पुग्ने हुँदा विद्यार्थीलाई तालिम प्रदान गरिएको हो । विद्यालयबाट तालिममा सहभागि विद्यार्थीले विद्यालय स्तरमा ७९ दिनको तालिम सम्पन्न गरेका छन् । अब १६ को तालिमका लागि बर्दिबासमा रहेको शिक्षालयमा जानेछन् ।


प्रदर्शनी कार्यक्रममा बोल्ने वक्ताहरूले समाजसेवामा उत्पे्ररीत गर्ने साथै राष्ट्र र राष्ट्रियताका सवालमा आवश्यक परेको समयमा योगदान पुर्याउने भावना तालिमले विकास गर्ने हुँदा तालिम धेरै भन्दा धेरै लाई दिने गरी लाग्नुपर्ने बताएका थिए ।

राष्ट्रिय सेवा दलको तर्फबाट विद्यार्थीहरूलाई चन्द्र बहादुर लामा र धिरेन्द्र सिंह धामीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । विद्यालयमा एकेडेमिक डाइरेक्टर एवम् विद्यालय व्यवस्थापन समिति सदस्य भिमलाल कँडेलको अध्यक्षता तथा नगर प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा प्रदर्शनी कार्यक्रम भएको थियो ।