• १६ चैत २०८०, शुक्रबार

भिरबाट लडेर महिलाको मृत्यु

blog

सहदेव बस्नेत

जाजरकोट, मङ्सिर १६ गते । जाजरकोटको बारेकोटमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्नका लागि नजिकको भिरमा  गएकि बारेकोट —५ धुमाकी ३५ बर्षीया पदमकली चलाउनेको भिर बाट लडेर मृत्यु भएको हो ।

स्थानीय कमलदिप कार्कीका अनुसार बिहीबार बेलुका सम्म पनि पदमकली घर नफर्के पछि खोजि गर्ने क्रममा  पदम कलि नजिकैको भिरको खोचमा मृत अवस्थामा फेला परेको जानकारी दिनु भयो ।