• २० वैशाख २०८१, बिहिबार

‘म हिंसा गर्दिन र हिंसा सहन्‍न ’

blog

तस्बिर : मनोजरत्न शाही

ललितपुर, मङ्सिर १४ गते। लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान अन्तर्गत बुधबार ललितपुरमा विभिन्न कार्यक्रम गरिएको छ । ‘म हिंसा गर्दिन र म हिंसा सहन्न’ भन्ने मूल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागीले महिला भएकै कारण भइरहेका लैङ्गिक हिंसालाई सबैको प्रयास र हातेमालोबाट रोक्न सकिने बताएका छन्। मानव अधिकारका लागि महिला, एकल महिला समूह र काठमाडौं रोट्रयाक्टको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जनचेतनामूलक साङ्गीतिक प्रस्तुतिसँगै कविता वाचन र नाटक मञ्चन भएको थियो। 

तस्बिर : मनोजरत्न शाही 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।