• १० जेठ २०८१, बिहिबार

पहिलो हाफमा अष्ट्रेलिया अगाडि

blog

काठमाडौं, मंसिर १० गते । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाले पहिलो हाफमा ट्युनेसियामाथि १–० गोलको अग्रता लिएको छ । 

अल जनोब स्टेडियममा जारी खेलमा अस्ट्रेलियाका लागि मिचेल डुकेले गोल गर्नुभयो । डुकेले २३औँ मिनेटमा क्रेट गुडविनको पामसा हेडगोल गर्नुभयो । आजको खेलमा दुवै टोली जित निकाल्ने दाउमा छन् ।

यसअघि समूहको पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । ट्युनिसियाले डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । एजेन्सी