काठमाडौँ, जेठ २७ गते । एएफसी एसियन कप छनोट खेलमा नेपालले आज (मङ्गलबार) लाओससँग प्रतिस्पर्धा गर्दैछ ।
न्यु लाओस स्टेडियममा हुने खेलमा नेपाल लाआलोसँग स्पस्ट जित निकाल्ने तयारीमा छ । घरेलु टोली लाओस पनि नेपालमाथि जित निकाल्ने दाउमा छ ।
नेपालका मुख्य प्रशिक्षक म्याट रोसने नेपालले लाओसलाई कमजोर रूपमा नलिएको र सचेत भएर खेल्ने बताउनुभएको छ । छनोटको समूह एफ रहेको नेपाल र लाओसले छनोटको पहिलो खेलमा हार खेपेका छन् ।
नेपालले लाओस जानु्अघि हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो । साउदी अरबमा सन् २०२७ मा हुने एसियन कपका लागि अहिले छनोटको तेस्रो तथा अन्तिम चरणका खेल भइरहेको हो ।
आजको खेलमा नेपालका स्ट्राइकर अन्जन विष्टका लागि निकै महत्त्वपूर्ण रहेको छ । यस खेलका गोल गर्न सके अन्जन नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्नुहुने छ ।
यसअघि अन्जनले हरि खड्का र निराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तमान बराबरी गर्नुभएको छ ।