• १६ चैत २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना पुष्टि

blog

काठमाडौं, मङ्सिर ९ गते । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ८७१  जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २८ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सो समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन भने ३३ हजार २२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३२७  छ।