• १४ वैशाख २०८१, शुक्रबार

कास्की ३ को (ख)मा कांग्रेसका बराल विजयी

blog

पोखरा, मङ्सिर ९ गते । कास्की क्षेत्र ३ (ख) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका प्रकाश बराल विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गर्नुभएको हो ।

पाँचदलीय गठबन्धनका साझा उम्मेदवार बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत प्राप्त गर्नुभएको छ  । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिराम भण्डारीले दुई हजार ५६० मत प्राप्त गर्नुभएको छ ।

कास्की क्षेत्र नं. ३ को (क) बाट यसअघि नेकपा (एमाले) का गणेशमान गुरुङ विजयी भइसक्नुभएको छ । यसैगरी, प्रतिनिधिसभामा एमालेका दामोदर वैरागी विजयी हुनुभएको छ । उहाँले माओवादीका रामजी बराल जीवनलाई पाँच हजार ४४५ मतले पछि पार्दै विजयी हुनुभएको हो । वैरागीले २२ हजार ९८० मत प्राप्त गर्नुभएको छ ।

बरालले १७ हजार ५३५ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत प्राप्त गर्नुभएको छ ।