• ९ जेठ २०८१, बुधबार

विश्वकप फुटबल : रिचार्लिसनले दुई गोल गर्दा ब्राजिलको विजयी सुरुवात

blog

कतार, मङ्सिर ९ गते । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो। ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गर्नुभयो।  

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गरेको हो । खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गर्नुभयो। खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाउनुभएको हो। सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्यपि गोल भने हुन सकेन । 

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसँगै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको छ । रासस