• ५ जेठ २०८१, शनिबार

उदाए जिदान

blog

यही विश्वकपबाट फिफाले गोल्डेन बल प्रणाली सुरु गर्‍यो। अब टाइब्रेकरमा पनि निर्णय नभए गोल्डेन बलका आधारमा जसले पहिले गोल गर्छ उही जित्ने भयो। यस विश्वकपमा प्रतिखेल औसत ५५ करोड दर्शकले प्रत्यक्ष प्रसारणबाट खेल हेरे, जुन विश्व कीर्तिमान पनि बन्यो। 

अझ फ्रान्स र ब्राजिलबीचको फाइनल खेल त टेलिभिजनमा दुई अर्ब मानिसले हेरेका थिए। आयोजक फ्रान्सले एकपक्षीय फाइनल खेलमा ब्राजिललाई ३–० ले हराएर पहिलो पटक विश्वकप ट्रफी जितेको थियो। एइमी ज्याकेटको प्रशिक्षकत्वमा फ्रान्सले प्रतियोगिताभरि उत्कृष्ट खेल देखायो र सुरुदेखि नै उपाधि हकदारका रूपमा देखिएको थियो। 

फ्रान्सका जिनेदिन जिदानले साउदी अरबसँगको पहिलो खेलमै रेड कार्ड पाएपछि आलोचित हुनुप¥यो तर जिदानले पछिका खेलमा आफ्नो खेल प्रदर्शनबाट आलोचकको मुख बन्द गरे। जिदानले फाइनल खेलमा दुई गोल गरेका थिए। 

ब्राजिलका लागि फाइनल खेल भने रहस्यमय थियो। चोट लागेका प्रमुख स्ट्राइकर रोनाल्डोलाई सुरुमा खेलाडी सूचीबाट हटाइएको थियो र उनको स्थानमा युवा प्रतिभा एडमन्डोलाई खेलाइने भयो तर फाइनल खेलको केही मिनेटअघि मात्र रोनाल्डो फिट भएको घोषणा गर्दै एडमन्डोको स्थानमा रोनाल्डोलाई मैदानमा उतारियो। एकाएक खेल्न तयार भएका रोनाल्डोले आफ्नो प्रभाव खेलमा देखाउन सकेनन्। रोनाल्डोलाई किन खेलाइयो, यो प्रश्न अझै पनि अनुत्तरित छ।